news



इस्लामाबाद –पाकिस्तानी सेनाले भारतलाई पाकिस्तानमाथि आक्रमण गरेको दिवासपना नदेख्न चेतावनी दिएको छ। पाकिस्तानी सेनाका सूचना विभागका निर्देशक आसिम सलिमले भारतले पाकिस्तानमाथि सर्जिकल स्ट्रइक्स गरेको झुटो दाबी गर्दै विश्वलाई अन्धकारमा पार्न खोजेको आरोप लगाए।




उनले भने, ‘भारतले जम्मु काश्मिरको नियन्त्रण रेखामा सर्जिकल स्ट्रइक्स गरेको दाबी गरिरहेको छ जुन झुटो छ र यो उसको दिवासपना मात्र हो।’ उनले भारतको गोलाबारीको जवाफ आफ्ना सैनिकले बहादुरीपूर्वक दिएको दाबी गरे।

सलिमले सो भिडन्तमा आफ्ना दुई सैैनिक शहिद भएको र भारतकोतर्फ ठूलै हाताहाती भए पनि भारतले यसको सूचना लुकाएको आरोप लगाए। उनले कास्मिरको विवाद साम्य नभएसम्म पाकिस्तानी सेनाले उक्त क्षेत्र नछोड्ने बताए। उनले भने, ‘यस क्षेत्रमा हाम्रो सैनिक २४ सै घण्टा तैनाथ छन्, देशलाई आवश्यक परे सेना जस्तोसुकै कदम चाल्न सक्षम छ।’ यसैबीच संयुक्त राष्ट्रसंघको अनुगमन टोलीले पनि कुनै सर्जिकल स्ट्रइक्स र युद्धविरामको उल्लंघन नदेखिएको बताएको छ।
SHARE

About admin

    Blogger Comment
    Facebook Comment

0 comments:

Post a Comment